गुरुङ समुदायले ‘तमू ल्होसार/ल्होछार’ सप्ताहव्यापी रूपमा मनाउने
काठमाडाैं | पुस ९, २०८१
काठमाडौं: गुरुङ समुदायले तमू ल्होसार सप्ताहव्यापी रूपमा मनाउने भएका छन् ।
तमू ल्होसार मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी नयाँ वर्षका रूपमा मनाइने ल्होसार/ल्होछार विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाउन लागिएको जानकारी दिएको हो ।
‘तमू थातथलोको संरक्षण र सम्वर्द्धनका लागि मौलिक पहिचानको आह्वान, सरकारी कामकाजी भाषाका रूपमा तमू भाषा घोषणाका लागि तमूवान आन्दोलन’ भन्ने मूल नाराका साथ आजदेखि १५ गतेसम्म ल्होसार/ल्होछार मनाउन लागिएको समितिका महासचिव रामबहादुर गुरुङले जानकारी दिनुभयो ।
तमु ल्होसार/ल्होछार पर्व विशेष गरी पुस १५ गते गुरुङ समुदायले एकआपसमा भेटघाट, शुभकामना आदानप्रदान, घरमा पूजा, सांस्कृतिक विधिसहित मनाउने परम्परा रहेको उहाँले बताउनुभयो ।
गुरुङ समुदायले यसवर्ष गरुड वर्गको बिदाई तथा सर्प वर्गको स्वागत गरी ल्होसार मनाउन लागेका हुन् ।
एक हप्तासम्म शुभकामना आदानप्रदान, चियापान, पुस्तक विमोचन तथा स्रष्टा सम्मान, खेलकुद कार्यक्रम, लोकदोहोरी प्रतियोगिता, रक्तदान, झाँकी कार्यक्रम, सांस्कृतिक कार्यक्रम र सरकारका विशिष्ट अतिथिको आतिथ्यतामा औपचारिक समारोह आयोजना गरिने महासचिव गुरुङले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

